बिपन्नको चुल्होमा स्थानीय सरकार , किसानलाई पेन्सन


निर्मला मगर

कात्तिक २९ गते, प्युठान । प्युठान नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार प्युठान नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ०८०÷०८१ मा सम्पादन भएका काम र योजनाको वार्षिक समिक्षा सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले आर्थिक वर्षको अवधीमा नगरपालिकाले गरेको काम र उपलब्धि सहितको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


वार्षिक समिक्षा कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले स्थानीय सरकारले जनताका विकाससँग मात्र जोडिएर होइन् सिमित श्रोत साधनबाट पनि अपेक्षित थप उपलब्धिहरु हासिल गर्न सकिने बताउनु भयो ।


उहाँले नगरपालिकाहरु, गाउँपालिकाहरु आफ्ना आन्तरिक आयमा सिमित परिधीले गर्दा स्थानीय सरकारले चाहेजस्तो स्थानीयबासीको समस्या समाधान गर्नका निम्ति समस्या भएको बताउनुभयो ।
प्युठान नगरपालिकाले किसानहरुलाई आफ्नो पेशामा निरन्तरता र जिम्मेवारी हुनका निम्ति कृषकलाई पेन्सन, अति विपन्न परिवारलाई रोजगारसँग जोड्ने र आम्दानीमूलक कार्यक्रममा जोडी उनीहरुको चुल्होमा सहजता ल्याउने कार्यक्रम संचालन गर्ने योजना रहेको नगरप्रमुख योगीले जानकारी गराउनुभयो ।
नगरपालिकाको नियमित कामहरुमा भएका केहि कमजोरीहरु सुधार गर्दै स्थानीय सरकार जनताका दैनिक जनजीवनका सवालहरु सहजीकरण गरी शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी र सड्क पूर्वाधारसँग जोडिएका बिकास निर्माणमा नगरपालिका निरन्तर रुपमा योजनाका साथ अगाडी बढ्ने प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताउनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।