प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता
प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता
मंशिर १ प्यूठान
प्यूठान-प्यूठानकाे गाैमुखी गाउँपालिका क्षेत्रमा चट्याङकाे जाेखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाकाे माग राखिएको छ । विगतका बर्षमा चट्याङका कारण मानवीय र पशुचाैयामा क्षति व्यहाेर्नु परेकाे भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हाे । मदाने-१ देखि गाैमुखि-७ जाेड्ने सडक स्तराेन्नतिकाे माग राखिएको छ । यस्तै सुन्तला, एबाेकार्डाे र दाते ओखर खेति प्रबर्द्धन गर्नुपर्ने, ठुलावेसिमा कृषि संकलन केन्द्र भवन बनाउन माग राखिएको हाे । गाैमुखी गाउँपालिका-५ ठूलावेसीका अध्यक्ष बरुणध्वज मल्लले लुम्बिनी प्रदेश सरकार भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापनपत्र बुझाएका छन्। गुल्मी जिल्लामा पक्की पुलकाे शिलान्यास गर्न जाने क्रममा मन्त्री ढकाल र पन्थीलाई ज्ञापनपत्र बुझाएका हुन । मन्त्री ढकालले मागहरु सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।