प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु,
निर्मला मगर
मंशिर १ प्यूठान
प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु, खेलको बिकासको लागि सबै सरकार लाग्नुपर्नेमा जोड
प्यूठान । प्रथम स्वर्गद्वारी ईन्डाे नेपाल कराँते च्याम्पियनसिप प्रतियोगिता प्यूठानमा सुरु भएकाे छ। शनिबार जिल्ला खेलकुद बिकास समितिको सभाहल पुण्डेखोला प्यूठानमा अन्तर्राष्ट्रिय स्तरको सिताेरियो कराँते प्रतियोगिता सुरु हुन लागेको हो ।
दुईदिन सम्म चल्ने प्रतियोगिता मंसिर एक गतेदेखि शुरु भएको छ। खेलमा नेपाल र भारतका गरि २ सय ७० जना खेलाडीले खेलमा सहभागी हुने भएको आयाेजक समितिले जनाएको छ।
नेपालकाे तर्फबाट बाके,बर्दिया, दाङ, प्यूठान, गुल्मि, कपिलवस्तु , रुपन्देही जिल्लाका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिस्पर्धाका लागि मित्रराष्ट्र भारतबाट पनि खेलाडी सहभागी हुनेछन । दुई देशका खेलाडी सहभागी हुने खेलले दुई देशको आपसी सद्भाव र खेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतको देहरादुन, दिल्ली, पंजाव, चण्डिगड, सिक्किम बाट खेलाडी सहभागी हुने नेपाल सिताेरियाे कराँते लुम्बिनी प्रदेश सदस्य तथा खेल आयाेजक टिमका प्रशिक्षक नमराज रानामगरले बताउनुभयाे।
कार्यक्रमको प्रमुख अथिती समेत रहेका पुर्व योजना आयोगका उपाध्यक्ष तथा काङ्ग्रेस केन्द्रिय सदस्य डा. गोबिन्दराज पोख्रेलले खेलकुद मानिसको लागि महत्त्वपूर्ण रहेकोले सबैले चासो दिनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुदको बिकासका लागि आफुले पाउने मासिक एक महिना बराबरको पेन्सन दुई दिन सम्म चल्ने खेललाई सहयोग स्वरुप हस्तान्तरण गर्ने बताउनुभयो ।
खेलले मानिसलाई ब्यस्त मस्त र स्वस्थ राख्ने भएकोले खेलकुदको महत्त्व बढेकोले यसतर्फ लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो ।