बिधालयमा सुशासनका लागि सचेतना कार्यक्रम सम्पन्न

निर्मला मगर

मंशिर ५ प्यूठान।

सुशासनका लागि बिधालयमा पुर्बधार बिकासका लागि सराेकार बालाहरुसंग सामाजिक बिकास डिभिजन कार्यलय प्यूठानले ऐरावति गाउपालिका ६ बिजुलिमा रहेकाे जनता माध्यमिक बिधालयमा सचेतना तथा नतिजा सुधार संबधि अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेकाे छ।
अन्तरक्रिया कार्यक्रम का प्रमुख अतिथि साहेक जिल्ला अधिकारी लक्ष्मि सर्माले निरन्तर मेहनत गरि बिस्तारै लक्ष्य प्राप्तिका लागि प्रयत्न गरीयाे भने अबश्य सफल भईने बताउदै बिद्यार्थी जिवनमा सफलताको लागि अनुशासन र डर दुबै हनुपर्ने सुझाब दिनु भयाे।
सामाजिक बिकास डिभिजन कार्यलय प्यूठानका कार्यलय प्रमुख पुन्य प्रसाद न्याैपानेकाे अध्यक्षतामा संचालित अन्तरक्रिया कार्यक्रमकाे संचालन ईन्जिनियर पारस भन्डारीले गर्नु भएकाे थियाे बिधालयका प्र अ खडानन्द पाैडेलले स्वागत मन्तब्य राख्नु भएकाे थियाे ।
बिद्यार्थी ,अभिभावक गरी झन्डै एक सय जनाकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे।
बिधालयहरुकाे नतिजा सुधारका लागि सामाजिक बिकास डिभिजन कार्यलय प्यूठानले बिद्यार्थी ,अभिभावक र शिक्षक बिच निरन्तर अन्तरक्रिया कार्यक्रम गर्दै आएकाे डिभिजन प्रमुख न्याैपानेले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।