रवि लामिछानेलाई म्याद थपका लागि पुनःअदालत उपस्थित   गराइयो   

९ मंसिर, काठमाडौं ।सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवमं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले थप अनुसन्धानका लागि आज पुनः अदालत उपस्थित गरेको छ । यस अघि जिल्ला अदालत कास्कीले लामिछाने माथि थप अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएसँगै उनलाई पुनः अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ ।
सहकारी विषेश छानबिन समितीले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र संञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । ती मध्ये जोशीलाई प्रकाउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन् ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको संलग्नता देखिएको प्रहरीले ठहर गरेको छ ।

गोरखा मिडिया नेटवर्कमा देशभरीका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदनमा उल्ल्ेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम,काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगञ्जको सानोपाईलाको रकम अपचलन भएको छ । त्यस्तै ईमेज, समानता, सुमेरु र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । ती सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बिपरीतको कार्य गरेकोले कारबाहीका लागि संम्बन्धित निकायमा पठाउन समितिले सरकारलाई सिफारिस गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।