जिल्ला स्तरीय न्यायिक समितिकाे समीक्षा कार्यक्रममा धनवाङमा सुरु

प्यूठान जिल्ला स्तरिय न्यायिक समितिहरुका बिच दुईदिने सिकाई आदानप्रदान तथा समीक्षा कार्यक्रम स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईकाे सामुदायिक मगर हाेमस्टे धनवाङमा शुरु भएकाे छ।
सहज न्याय सम्पादनकाे लागि न्यायिक समितिहरु बिच हातेमालो भन्ने नारा सहित सुरु भएकाे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भन्डारीले गर्नु भएकाे थियाे ।
कार्यक्रमका बिशिस्ट अतिथि प्युठान नगरपालिकाका नगर उपप्रमुख तथा प्युठान जिल्ला स्तरिय न्यायिक समितिका संयाेजक देबेन्द्र बर्माले दुई दिन सम्म संचालन हुने समीक्षा कार्यक्रमकाे बिषयबस्तु र जिल्लाकाे न्यायिक सम्पादनमा देखिएका अबसर र चुनाैतिका बिषयमा प्रकाश पार्नु भएकाे हाे।

 

समीक्षा कार्यक्रमकाे अध्यक्षता स्वर्गद्वारी नगरपालिका उपप्रमुख तथा स्वर्गद्वारी नगरपालिका प्युठानका न्यायिक समितिका संयाेजक मिनराज रानामगरले गर्नुभएकाे थियाे।
जिल्लाका नाै वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे।
प्रत्येक पालिकामा न्यायिक क्षेत्रमा भए गरेका कार्यहरुकाे बिवरण चुनाैति तथा न्याय सम्पादनमा गरेका गतिविधिहरुकाे प्रदिबेदन प्रस्तुत गरीएकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।