नेतामुखि हाेईन जनतामुखि बिकास गर्छु: मन्त्री राेज राणा

पाैष २०

प्युठान। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत सन्चालन भएको १०० दिने अभियानकाे अबसरमा नगरस्तरिय सम्मेलनमा कार्यक्रका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश शहरि बिकास तथा खानेपानि मन्त्री सराेज थापा ( राेज राणा ) ले जिल्लाकाे बिकासका लागि आफु मन्त्री भएको भन्दै आफ्नाे कार्यकालमा जिल्लाकाे बिकासले मुहार फेर्ने दाबि गरेका छन ।
आफु नेतामुखि नभइ जनतामुखि भएकोले जनताका समस्यासङ्ग सङ्गै रहने बताएका छन । मन्त्री थापाले जिल्लामा देखिनेगरि सडक, पुर्बाधार र खानेपानिमा काम गर्ने बताएका छन ।
कार्यक्रम सम्बाेधन गर्दै थापाले कार्यकर्ता गुठगत राजनितीमा नलाग्न आग्रह गर्दै पाटिलाइ यक ढिक्का बनाउदै जनताका समस्या समाधानमा लाग्नु पर्ने बताएका छन । आफु पहिलो कार्यकालमा मन्त्री हुदा बाग्दुला बाहाने स्याउलिवाङ सडकका लागि समपुरक याेजना पारेकाे स्मरण गर्दै बाग्दुला मच्छि सडक आफु मन्त्री भएको समयमा नै कालेपत्रे बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कार्यक्रममा बाेल्ने नेताहरुले गुटगत राजनिती त्यागी पाटिमा काम गर्न आग्रह गरेका छन । नगर सभापति नेत्र केसिकाे अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका नेताकार्यकर्ता सहभागी थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।