पत्रकारलाई सेनाको रक्षा संबाददाता अभिमुखिकरण तालिम
फागुन २५
वुटवल । पत्रकारहरुका लागी रक्षा संवाददाता अभिमूखिकरण कार्यक्रम आईतवार देखि बुटवलमा शुरु भएको छ । मध्य पश्चिम पृतना हेडक्वाटरमा संचालन गरिएको अभिमूखिकरण कार्यक्रममा विभिन्न १३ जिल्लाका २० जना पत्रकारको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै पृतना हेडक्वाटरका उपरथी प्रेम पुनले नेपाली सेनाको सांगठानीक स्वरुप, भूमिका, जिम्मेवारी सम्वन्धी जानकारी आदान प्रदान र नेपाली सेना र पत्रकारहरु बिचको सहकार्य अभिवृद्धि गर्ने उद्येश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
तालिमको पहिजो दिन आज नेपाली सेनाको संक्षिप्त परिचय, पृतनाको जिम्मेवारी क्षेत्र,रक्षा संवाददाता मभिमूखिकरण को महत्व र पत्रकार आचार संहिता विषयमा प्रशिक्षण दिईएको थियो ।
अभिमूखिकरण कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर वुटवलका सहायक रथी मछिन्द्र थापा, बरिष्ठ पत्रकार डा.बालकृष्ण चापाँगाई र नेपाली सेना जनसम्पर्क तथा सुचना निर्देशनालयका सेनानी रवीन राईले सहजीकरण गर्नु भएको थियो ।
फागुन २८ गते सम्म संचालन हुने अभिमूखिकरण कार्यक्रममा नेपाली सेनाले संचालन गर्दै आएका विभिन्न गतिविधि, अधिकार क्षेत्र संगै पाल्पा दरवार,रानी महल र ऐतिहासिक जितगढी किल्लाको स्थलगत अवलोकन भ्रमण कार्यक्रम समेत तय गरिएको छ ।
तालिमकाे सञ्चालन नेपाली सैनीक रेडियाे कार्यक्रमका प्रस्ताेता सुबेदार सुदिप ढकालले गर्नुभएकाे थियाे ।