जनतालाई फेरी भाेट हाल्ने गराउछु मन्त्री :राेज राणा

प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा (सरोज थापा )ले बाग्दुला बहाने सडकको अबस्था र जनताकाे अपेक्षा बुझ्न कच्चि धुल्याम्मे सडकमा पैदल यात्रा गर्नु भएकाे छ।

 उहाले भन्नुभयाे”चुनाबका बेला जनता संग गरेका प्रतिबद्धता एक एक गरेर कार्यनयन गर्ने हाे जनतालाई भाेट हालेर पछुताउने हैन फेरी पनि भाेट हाल्ने गराउछु,  जनताकाे भाेट जनताकाे बिकासका लागि हाे चुनाब जिते देखि  म जनतासंगै छु “


दम्तीदेखी अधेँरीखोलासम्म करिब ६ किलोमिटर सडकमा पैदल यात्रा गर्दै जनताकाे गुनासाे सुन्ने र लुकेका याेजनाहरु बजेटमा समाबेश गरिने मन्त्री राणाले बताउनु भएकाे छ।
जिल्लाको बाग्दुला मच्छि र दम्ति अधेरिखाेला सडक कालोपत्रे गर्नका लागी मन्त्री सरोज थापासहितको टोलीले पैदल यात्रा  यस अघि बाग्दुला मच्छि सडक खण्डमा गरेकाे र आज दम्ति अधेरीखाेला पैदल यात्रा गर्दै  सडक क्षेत्रका नागरिकसँग छलफल गर्नु भएकाे छ।
यसैबर्ष कालाेपत्रे गर्ने गरि संघिय समपुरक याेजनामा बाग्दुला मच्छि सडककाे लागि  ३० कराेड बजेट शुनिश्चित गरिसकेकाे मन्त्री राणालेबताउनु भएकाे छ।
बाग्दुला बाहने सडक कालाेपत्रे भएपछि नौबहिनी गाउपालिका र छिमेकी जिल्लाका नागरिकको यात्रामा सहजता थपिने छ ।’यो सडकलाई आ.ब. २०८२÷०८३ मै कालोपत्रे गर्ने मन्त्री राेज राणाको भनाई छ । दम्ती अधेँरी सडकका लागी आ.ब. २०८२÷०८३ मै बजेट बिनियोजन गरिने र अधेँरी देखि बहाने गाउँपालिका पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न दवाब दिने मन्त्री राणाले बताउनु भयाे  ।

पैदल यात्रामा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल,भुमि सुधार आयाेग प्युठानका अध्यक्ष सुवास के शि,अस्पताल बिकास समिति अध्यक्ष कृष्ण प्रसाद बस्सेल,  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकिशाेर मण्डल,स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिका संरक्षक अध्यक्ष  लगायत करिब सयाै जना ब्यक्तिकाे सहभागिता रहेकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।