माडी क्षेत्रको बाटुले–कोलम्पा पक्की पुल निर्माणमा मन्त्री राणाकाे बजेट

 

स्वर्गद्वारी, प्युठान – २०७९ असार ३
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले माडी क्षेत्रको महत्वपूर्ण योजनामा व्यक्तिगत चासो व्यक्त गर्दै बाटुले–कोलम्पा पक्की पुल निर्माणका लागि बजेटको सुनिश्चितता गरेका छन्।

हालसम्म पुल नबन्दा स्थानीय बासिन्दाले वर्षातको समयमा दैनिक आवत–जावतमा कठिनाइ भोग्दै आएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्ती मगरको पहलमा बजेट परे पनि, योजना बहुवर्षीय ठेक्कामा जानुपर्ने प्रावधानका कारण खर्च नहुँदा बजेट फ्रिज भएको थियो।

तर अब आशा पलाएको छ। अध्यक्ष घर्तीका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का प्रक्रियामा जाने तयारी अन्तिम चरणमा पुगेको छ। ‘यस आ.व मै ठेक्का जानुपर्ने हो, तर ढिलो भयो। तर अब ढुक्क हुनुहोस्, मन्त्रीज्यूकै उपस्थितिमा पुलको शिलान्यास हुनेछ’, अध्यक्ष घर्तीले बताए।

मन्त्री थापाले स्वयम् माडी क्षेत्र आफ्नाे प्रत्यक्ष निर्वाचन क्षेत्र नपरे पनि यस पुलको आवश्यकता बुझेर व्यक्तिगत पहलमा बजेट सुनिश्चितता गरेका हुन्, जसका लागि स्थानीयबासी आभार प्रकट गर्दैछन्।

अब पुल निर्माणका लागि प्रक्रियागत ढोका खुल्ने संकेतले माडी क्षेत्रका बासिन्दामा उत्साह छाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।