प्यूठानको मुहार फेर्ने बहुवर्षीय सडक योजनाः मन्त्री राणाको ऐतिहासिक पहल

प्यूठान, असार  ४। प्यूठान जिल्लालाई भौतिक पूर्वाधारको दृष्टिकोणले पूर्ण रूपमा परिवर्तन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जिल्लाभित्रका १२ वटा महत्वाकांक्षी सडक योजनालाई बहुवर्षीय योजना घोषणा गर्दै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

मन्त्री थापाले जिल्लाको भौगोलिक अप्ठ्यारो परिवेशलाई दृष्टिगत गर्दै विकासको मेरुदण्ड मानिने सडक सञ्जालको सुदृढीकरणका लागि दीर्घकालीन दृष्टिकोणसहित गुरुयोजना अघि सारेका हुन्। यी योजनाहरु समावेश गरिएका सबै सडक परियोजनालाई ५०÷५० लाख रुपैयाँ प्रारम्भिक बजेट दिइएको छ । कुल बहुवर्षीय लागत ५९ करोड ८८ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

 

प्रमुख बहुवर्षीय सडक योजनाहरूः
१. स्वर्गद्वारी नपा–५            :  सारी डाँफेधारा स्थानीयलेख रिङरोड सडक
२. झिमरुक गापा–८           : किटघाट हिँडडाँडा–उपल्लोकोट–दिहाल्न–ढोरपाटन सडक
३. झिमरुक गापा–३ र ५    : ढाड–बाँदिकोट–गुल्मी सडक
४. माण्डवी गापा–३,४         : देविस्थान–धनचौर–उदयपुरकोट सडक
५. माण्डवी गापा–५             : चेरनेटा–चिन–जाबुने–दाङबाङ ऐरावती सडक
६. मल्लरानी गापा–५          : बासखोला–पाण्डेडाँडा–भञ्ज्याङ–खलंगा सडक
७. नौबहिनी गापा–४            : बाहाने–लुंगलेख सडक
८. प्यूठान नपा–५                  : वडारपाटा–ठाडाखालचौर–देबरी–देवघर–चितिखोला सडक
९. प्यूठान नपा–४                   : इन्द्रेडाडा – विजुवार सडक
१०. प्यूठान नपा–१                  : टाकुरा–पाखाचौर–भित्रिकोट सडक
११. प्यूठान नपा–६                 :  गेजवाङ–रज्याङ–मानागाउ–फोप्ली–मैरामारे सडक
१२. गौमुखी गापा–७               :  पातीहाल्ना –नारिकोट सडक

सडक योजनाको घोषणासँगै मन्त्री सरोज थापाले भने, “अब प्यूठानका गाउँ–बस्ती पहाडी दुर्गम मात्र रहने छैनन्, आधुनिक यातायात सञ्जालमा जोडिएर आर्थिक गतिविधि, पर्यटन र सेवा सुविधाको केन्द्र बन्ने छन्।”

उनले थपे, “यी बहुवर्षीय योजनाहरू अल्पकालीनराजनीतिक लाभका लागि होइनन्, दीर्घकालीन विकासको मेरुदण्ड बनाउन लागिएको हो । प्रत्येक योजनामा पारदर्शिता, गुणस्तरीय निर्माण र जनप्रतिनिधिको निगरानीलाई सशक्त बनाइनेछ ।”

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।