झिमरुक गाउँपालिकाको ६३ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

प्युठान, झिमरुक — झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाको १८औं गाउँसभाबाट उपाध्यक्ष प्रमोद पोख्रेलले बजेट सार्वजनिक गर्नुभएको हो।

चालुतर्फ ४१ करोड ४७ लाख ७३ हजार र पूँजीगत तर्फ २१ करोड ५२ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक र सार्वजनिक सेवा प्रणालीलाई विशेष प्राथमिकतामा राखिएको छ।

पालिका अध्यक्ष पितबहादुर एम सिले भने, “हामीले समावेशी, सन्तुलित र दिगो विकासका आधारमा बजेट निर्माण गरेका छौं। बजेटले गाउँमा रोजगारी सिर्जना, आत्मनिर्भरता र सेवामा सहजता ल्याउने अपेक्षा गरेका छौं।”


बजेटअनुसार:
नेपाल सरकारबाट १० करोड १८ लाख वित्तीय समानीकरण अनुदान
२४ करोड १६ लाख सशर्त चालु अनुदान
८ करोड ८७ लाख पूँजीगत अनुदान
२ करोड ९४ लाख ८ हजार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुनेछ।


त्यस्तै, झिमरुकले आगामी वर्षभित्र आन्तरिक स्रोतबाट ९० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।
प्रमुख बजेट विनियोजन यसप्रकार छ:
वडा नं. २ मा कार्यालय भवन: ५५ लाख
स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन: ४३ लाख ६० हजार
स्वास्थ्य तथा पोषणमा: १३ करोड २० लाख
विद्यालयको पूर्वाधार निर्माण: १ करोड ५७ लाख, झिमरुक गाउपालिकाले आगमि बर्ष सडक गुरुयाेजना सहित अगाडि बढ्ने अध्यक्ष एम सि ले बताए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।