प्यूठानका ९ वटै स्थानीय तहले सार्वजनिक गरे नयाँ वर्षको बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता
प्यूठान — प्यूठान जिल्लाका सबै ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा खानेपानीजस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्राथमिकता दिँदै उनीहरूले बजेट विनियोजन गरेका हुन्।
जिल्लाको ऐरावती गाउँपालिकाले १८ औं गाउँसभाको दोस्रो अधिवेशनमार्फत ४९ करोड ८९ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले प्रस्तुत गरेको बजेटमा चालु खर्चका लागि ३४ करोड ९४ लाख २५ हजार र पुँजीगततर्फ १४ करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, माण्डवी गाउँपालिकाले ४२ करोड ७६ लाख १५ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँसभाबाट स्वीकृत बजेटमा स्वास्थ्य र शिक्षालाई विशेष जोड दिइएको जनाइएको छ।
मल्लरानी गाउँपालिकाले आगामी वर्षका लागि ४३ करोड ४९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने प्यूठान नगरपालिकाले पनि १९ औं नगरसभाबाट नयाँ आर्थिक वर्षको बजेट प्रस्ताव गरेको छ। उक्त बजेट नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले सभामा प्रस्तुत गरेका हुन्।
झिमरुक गाउपालिकाले ६३ कराेड,गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना मगर द्वारा ५० करोड १ लाख६ हजार ३ सय ७८ बराबरको बजेट प्रस्तुत गरिएकाे छ।
स्वर्गद्वारी नगरपालिका ,सरुमारानि गाउपालिकाले पनि शिक्षा स्वास्थ ,कृर्षि र पुर्बधारलाई प्राधमिकतामा राखेका छन
सबै पालिकाहरूले आधारभूत सेवा प्रवाहलाई मजबुत बनाउने र स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम तय गरेका छन्।