माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख बजेट प्रस्ताव

 


प्युठान, माण्डवी —
माण्डवी गाउँपालिकाले अविरल वर्षाका कारण विस्थापित भएका पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकीले जानकारी दिनुहुँदै वडानम्बर १, २ र ४ मा पहिरोबाट प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था तथा आर्थिक सहायता उपलब्ध गराउन यो रकम विनियोजन गरिएको बताउनुभयो।

उहाँका अनुसार गाउँसभाको १८औं अधिवेशनमार्फत यो प्रस्ताव अघि सारिएको हो। “पीडित परिवारलाई सुरक्षित पुनर्स्थापना तथा राहत पुर्‍याउने उद्देश्यले ५० लाखको बजेट छुट्याइएको छ,” उपाध्यक्ष कालाथोकीले बताउनुभयो।

गत वर्षात्को समयदेखि माण्डवीका विभिन्न वडामा ठूलो संख्यामा घरपरिवार पहिरोका कारण विस्थापित भएका थिए। उनीहरूको सुरक्षित आवास, आधारभूत पूर्वाधार र जीवनयापनमा सहयोग पुर्‍याउन गाउँपालिकाले यो पहल गरेको हो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।