सैनामैना मेमोरियल स्कुलको एसईई नतिजा उत्कृष्ट, नेपाल प्रथम भएको दाबी

सैनामैना, रुपन्देही
सैनामैना मेमोरियल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा प्राप्त गरेको उल्लेखनीय नतिजालाई ऐतिहासिक सफलता ठहर गर्दै नेपाल प्रथम भएको दाबी गरेको छ।


विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा एक जना विद्यार्थीले पूर्ण ग्रेड पोइन्ट औसत (GPA) ४ प्राप्त गरेका छन्। साथै GPA ३.६ भन्दा माथि २३ जना, GPA ३.२ देखि माथि १६ जना र GPA २.८ देखि माथि ३ जना विद्यार्थीले उल्लेखनीय नतिजा हासिल गरेका छन्।


विद्यालय प्रशासनका अनुसार यस्तो समग्र परिणाम मुलुकभरकै उत्कृष्ट मध्ये एक हो। विद्यालयका प्रिन्सिपल प्रदिप  खत्रिले भने, “यो सफलता हाम्रा मेधावी विद्यार्थी, अभिभावकको साथ, शिक्षकमण्डलीको समर्पण र विद्यालयको समग्र व्यवस्थापनको नतिजा हो।”

विद्यालयले आफ्नो विद्यमान शैक्षिक संरचना, दक्ष शिक्षक समूह, नियमित मूल्यांकन प्रणाली, अभिभावक–विद्यालय सहकार्य र विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई सफलताको आधार मानेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्विमान थापाले भने, “शिक्षा नै उज्यालो भविष्यको आधार हो भन्ने दर्शनलाई आत्मसात गर्दै हामी विद्यार्थीको सम्पूर्ण विकासमा केन्द्रित छौं। यही दृष्टिकोणले हामीलाई नेपालको उत्कृष्ट विद्यालय बनाएको छ।”
विद्यालयको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण अभिभावकज्यूहरू, मेधावी, प्रतिभावान तथा लगनशील विद्यार्थीहरू, जुझारु एवम् सृजनशील शिक्षकहरूलाई विद्यालय परिवारले हार्दिक धन्यवाद र बधाई ज्ञापन गरेको छ।

विद्यालयले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने दृढ विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षालाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।