दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा पठाइयो

रुकुम  पुर्ब ।  मध्यपहाडि  लाेकमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ धारपानीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि कास्कीको पोखरा पठाइएको छ । आज बुधबार बिहान ११ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत सिस्ने–५ धारपानीमा मोटरसाइकल एकआसपमा ठोक्किदा गम्भीर घाइते हुनु भएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय हेमराज ओलीलाई रुकुमपूर्व अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टर मार्फत पोखरा पठाइएको हो ।

जिल्ला सदरमुकाम रहेको रुकुमकोट देखि भूमे गाउँपालिका जाँदै गरेको रा ७ प १२६२ नम्बर मोटरसाइकल र विपरित दिशा तर्फ आउँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइलक एकआपसमा ठोकिएको थियो । मोटरसाइकल एकआपसमा ठोक्किदा रा ७ प १२६२ नम्बरको मोटरसाइलक चालक ओली गम्भीर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुम एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । भने अर्का मोटरसाइलक चालक रुकुमपूर्वको भूमे गाउँपालिका–४ धौलापैराका २५ वर्षीय कृष्ण खत्रीलाई सामान्य चोट लागेको यादवले बताउनुभयो ।

ओलीको टाउकोमा गम्भीर चोट लागेको डीएसपी यादवले बताउनुभयो । रुकुमपूर्व अस्तपालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत पोखरा पठाइएको यादवले बताउनुभयो । गम्भीर घाइते हुनु भएको ओली रुकुमपूर्वको भूमे गाउँपालिका–६ स्वास्थ्य चौकी महतमा कार्यरत हुनुहुन्छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।