झिमरुकमा किसानलाई पेन्सन
असार २२ झिमरुक ,प्यूठान।
झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै अध्यक्ष पित बहादुर महतराले कार्यक्रमको सुरुआत गर्नुभयो।
थप पाँच जना अनुभवी कृषक – केशर बहादुर बस्नेत, प्रेम बहादुर पुन, नारायण बहादुर जि.सी, नारायण प्रसाद न्यौपाने र शंकर प्रसाद पोखरेल – लाई पनि समावेश गरिएको छ।
कार्यक्रमले ग्रामीण कृषकहरूलाई सम्मानका साथ सामाजिक सुरक्षा उपलब्ध गराउने र कृषिमा निरन्तरता तथा सम्मानजनक जीवन सुनिश्चित गर्ने अपेक्षा लिएको छ।