बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत सुनिश्चित

प्यूठान, असार २४
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको जनाइएको छ।

त्यस्तै, लुङ दोभान हुँदै तुषाराकोट जोड्ने पक्की पुल निर्माणका लागि १२ करोड १५ लाख ६७ हजार १६ रुपैयाँ बजेट स्वीकृत भई स्रोत सुनिश्चित भएको छ।

दुबै योजना सडक पूर्वाधार विकास कार्यालय, खलंगा प्यूठानमार्फत कार्यान्वयनमा आउनेछ। स्रोत सुनिश्चितता र प्रक्रिया अगाडि बढेसँगै निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।

मन्त्री राणाले यसअघि सार्वजनिक रूपमा यी आयोजनाहरूका लागि पहल गर्ने वाचा गरेका थिए, जुन अब कार्यान्वयनको चरणमा पुगेको हो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।