पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी
असार ३० प्यूठान
प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!”

तरुण दल प्यूठानका अध्यक्ष कृष्ण प्रसाद बसेल ‘रोयल कृष्ण’ को नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ—“विद्युत् उत्पादन गर्ने जिल्लामा नै जनतालाई अन्धकारमा राख्नु नियोजित लापरबाही हो। यो सरासर जनताको संवैधानिक अधिकारमाथिको कुण्ठन हो।”
तरुण दलले प्रशासनलाई आग्रह होइन, चेतावनी दिएको छ—“तुरुन्त समाधान नगरिए चरणबद्ध ढंगमा सडकमा उत्रेर सरकारको लापरबाहीको भण्डाफोर गरिनेछ।”
ध्यानाकर्षण पत्रमा भनिएको छ—“बत्ती नहुँदा घर–परिवार मात्र होइन, कृषि उत्पादनदेखि उद्योग, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्र नै ठप्पिएको छ। जनतामा उपेक्षित र अपहेलित महसुस बल्झिँदै गएको छ। सरकारी संस्थाहरूको निद्राबाट जनआक्रोशले नै ब्युँझाउनु पर्ने दिन अब टाढा छैन।”
, बिजुली बनेको ठाउँमा अन्धकार सहनु परिरहेको अवस्था घोर विडम्बना हो,” बसेलले भने।
तरुण दलले स्पष्ट रूपमा भनेको छ—‘अब जुनी सकिने गरी बत्तीको खेलवाड बन्द गर’—नत्र भने यो आन्दोलन निर्दयी व्यवस्था र लापरबाही प्रशासनविरुद्धको जनक्रान्तिको आगो बन्नेछ।
