माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न, ४२ करोड ७६ लाखको बजेट पारित

प्यूठान, असार ३१

प्यूठान । माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। असार १० गतेदेखि सुरु भएको अधिवेशन असार ३० गते सम्पन्न भएको हो।

गाउँपालिकाको अध्यक्ष श्री नमराज अधिकारीले अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

त्यसैअनुसार गाउँपालिका उपाध्यक्ष श्री पूर्ण प्रसाद कालाथोकीले रु ४२ करोड ७६ लाख १५ हजार ९ सय रुपैयाँ बराबरको बजेट प्रस्ताव पेश गर्नुभएको थियो। उक्त बजेटमा आवश्यक छलफल र संशोधनपछि असार ३० गते बसेको दोस्रो बैठकबाट पारित गर्दै अधिवेशन विधिवत रूपमा सम्पन्न गरिएको हो।

गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेटसँगै स्थानीय कर तथा शुल्क संकलन व्यवस्था, आय संकलन र प्रशासनिक व्यवस्थापन, र विनियोजन ऐन समेत पारित गरेको छ। यी कानुनी आधारहरू अब बजेट कार्यान्वयनका लागि मार्गनिर्देशक बन्नेछन्।बिद्यार्थी शिक्षककाे संख्याकाे अनुपातमा गाउशिक्षा २०८० बमोजिम शिक्षक दरबन्दी मिलान गर्ने समेत पारित गरेकाे छ।

यस अधिवेशनमार्फत गाउँपालिकाले आगामी वर्षमा सार्वजनिक सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा प्राथमिकता दिने जनाएको छ।
गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकाले नीति, योजना र बजेट कार्यान्वयनको तयारीलाई तीव्रता दिने संकेत दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।