पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या

 

प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।

स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल गोठेरीस्थित डिला परियारको घरमा बसिरहेको बेला बिहान करिब १०:१० बजे उनका पूर्वपति ३० वर्षीय लीला बहादुर बराल एक्कासी आएर चक्कु प्रहार गरी घाँटी रेटेका थिए।

घटनाको जानकारीसँगै प्रहरी चौकी बडडाँडाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा SOCO सहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

आरोपित लीला बहादुर बराल हाल प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।