तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान

’प्यूठान, साउन ,६
नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित कार्यक्रममा विभिन्न प्रजातिका विरुवा रोपिएका छन्।

 

कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय सदस्य सनत श्रेष्ठ, प्यूठान अध्यक्ष रोयल कृष्ण, निबर्तमान सचिव भेषराज लम्साल, गौमुखी गाउँपालिकाका संस्थापक उपाध्यक्ष तथा जिल्ला सदस्य तुलसा सुनार लगायतका दर्जनौं तरुण नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमकै क्रममा मन्दिर परिसरको स्वच्छता तथा फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सातवटा डस्टबिन सहयोग गर्ने घोषणा समेत गरिएको छ। अध्यक्ष कृष्णले आज दुईवटा डस्टबिन हस्तान्तरण गरिएको र बाँकी पाँचवटा ठूला साइजका डस्टबिन केही दिनमै उपलब्ध गराइने जानकारी दिए।

बीपीले देखाएको बाटो र लोकतान्त्रिक मूल्यमा अडिग रहँदै तरुणदलले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास स्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको तरुणदलका नेताहरूले बताएका छन्। उनीहरूले बेलपत्रेश्वर मन्दिरको संरक्षण, सरसफाइ र हरियाली विस्तारका लागि स्थानीय तहसँग सहकार्य गर्दै आगामी दिनमा थप सामाजिक अभियानहरू सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमले बीपी कोइरालाको विचार र दर्शनलाई सम्झिँदै वर्तमान पुस्तालाई प्रकृति संरक्षण र समुदाय सेवामा सक्रिय हुन सन्देश दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।