वडाअध्यक्ष पोख्रेलको जन्मदिनमा जनतालाई निशुल्क विद्युत महसुल उपहार

२०८२ भदाै, ४ प्यूठान

प्यूठान, झिमरुक – जन्मदिनलाई आत्मस्मरण र सामाजिक उत्तरदायित्वसँग जोड्दै झिमरुक गाउँपालिका–२ का वडाअध्यक्ष कृष्ण प्रसाद पोख्रेलले उदाहरणीय घोषणा गरेका छन्।

स्वर्गीय आमा **डिलकुमारी पोख्रेल (शान्ता)**को स्मृतिमा उनले आफ्नो बाँकी कार्यकालभर वडाका सबै घरधुरीको न्यूनतम विद्युत महसुल निशुल्क गराउने निर्णय गरेका हुन्।

उनले यस कार्यक्रमलाई वडाअध्यक्षको हैसियतमा प्राप्त हुने सेवा–सुविधाबाट कार्यान्वयन गर्ने बताएका छन्। पोख्रेलले भने, “यो सानो प्रयास आमाको आत्माको चिरशान्तिको कामना र समाजप्रतिको कर्तव्यबोधबाट प्रेरित हो।”

यो निर्णयले वडाबासीलाई प्रत्येक वर्ष सयौँ रुपैयाँको खर्च तथा महसुल बुझाउनुपर्ने झन्झटबाट राहत दिने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले वडाअध्यक्षको यो कदमलाई ‘सामान्य तर अत्यन्तै प्रभावकारी राहत’का रूपमा स्वागत गरेका छन्। सामाजिक सन्देशसहितको यस्तो निर्णय गाउँमा मात्र नभई राष्ट्रिय स्तरमै चर्चाको विषय बन्नेछ।

पोख्रेलले जनताको विश्वास, स्नेह र साथलाई निरन्तर सेवाको प्रेरणाको स्रोत बताउँदै, “मैले पाउने जिम्मेवारी र अवसर सदैव जनताको हितका लागि समर्पित रहन्छ,” भनेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।