स्वर्गद्वारी काठमाडौं र प्यूठान चितवन दिवा सेवा यातायात संचालन गरिने।

भाद्र १७ प्यूठान
प्यूठानको स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुकाे चाप र माग अनुसार प्यूठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारी देखि काठमाडौं सम्म र प्यूठान जिल्ला सदरमुकाम खलंगा देखि चितवन( क्यान्सर अस्पताल गेट) सम्म अत्याधुनिक सुबिधा सम्पन्न ई भि एसि हाईस दैनिक रुपमा चल्ने गरि यहि मिति २०८२ भाद्र २२ गते आईतवार देखि संचालन गर्ने प्रा लि का कार्यलय प्रमुख बिकास सुवेदीले जानकारी गराउनु भएकाे छ।
प्यूठान चितवन का लागि जिल्ला सदरमुकाम खलंगाबाट बिहान ५:१५ बजे छुट्ने ई भि एसि हाईस ५:५० मा बाग्दुला,६:१५ मा जुम्रि बसपार्कबाट चितवनका लागि छुट्ने छ ।
चितवन क्यान्सर अस्पताल गेटबाट नारायणगढ हुदै बिहान ५:१५ मा दैनिक रुपमा प्यूठानका लागि छुट्ने सुवेदिले जानकारी गराउनु भयाे।
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्यूठानले जिल्लाकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारीबाट बिहान ५:३० बजे काठमाडौंका लागि छुट्ने ई भि एसि हाईस ६:३० बजे किमिचाैर,७ बजे भिंग्रि हुँदै ८ बजे चकचकेबाट काठमाडौंका लागि प्रस्थान गर्ने छ।


काठमाडौं बसपार्क बाट दैनिक रुपमा बिहान ५:१५ मा प्यूठानका लागि छुट्ने प्रमुख सुवेदिले बताउनु भयाे।

स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिका सुबिधा सम्पन्न यातायात सेवामा यात्रा गर्नु परेमा घरमै बसेर स्वर्गद्वारी यातायात सेवा प्रा लिकाे एप मार्फत टिकट बुकिङ गर्न सकिने ब्यवस्था रहेकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।