यात्रुमैत्री सेवा हाम्रो प्राथमिकता हो” – अध्यक्ष चन्द्रमान श्रेष्ठ
भाद्र १९, प्युठान
प्यूठान।बुधवार प्यूठानको भिङ्ग्रिमा यात्रु सेवा र स्थानीय यातायात विकासलाई प्राथमिकता दिँदै स्वर्गभूमि यातायात सेवा प्रा. लि. को भव्य शुभारम्भ गरिएको छ। स्वर्गद्वारी–गौमुखि यातायात सेवा प्रा. लि. का अध्यक्ष चन्द्रमान श्रेष्ठ ले उद्घाटन समारोहमा रिबन काट्दै औपचारिक रुपमा सेवा शुभारम्भ गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यात्रु मैत्री, प्रभावकारी र व्यवसायिक सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वर्गभूमि यातायात सेवा लाई सफलताको शुभकामना दिँदै स्थानीय स्तरमा गुणस्तरीय र भरपर्दो यातायात सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कम्पनीको प्रधान कार्यालय स्वर्गद्वारी नगरपालिका, भिङ्ग्रिमा रहने छ। सेवा क्षेत्रका यात्रुलाई सहज, सुरक्षित र सम्मानजनक यात्रा अनुभव गराउने उद्देश्यका साथ कम्पनीले सेवा सुरु गरेको जनाएको छ।
श्रेष्ठले सबैसँग मिलेर जनस्तरमा गुणस्तरीय यातायात सेवा प्रादान गर्नु आफू हरपल लागिरहने बताउनु भयाे
श्रेष्ठ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्युठान अध्यक्ष समेत हुनुहुन्छ।

स्वर्गभूमि यातायात सेवा ले आधुनिक प्रविधि र जिम्मेवार सेवाकर्मी मार्फत यात्रु सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ।