प्युठान–काठमाडौँ दिवा हाईस सेवा सुरु, घरमै बसेर टिकट बुकिङको सुविधा

भाद्र २३ प्यूठान

स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रालिले प्युठान भिगृ किमिचौरदेखि काठमाडौँसम्म दिवा हाईस सेवा सञ्चालनमा ल्याएको छ। स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले सोमबार सेवाको शुभारम्भ गर्नुभयो।

उहाँले माडी क्षेत्र, स्वर्गद्वारी आउने पर्यटक तथा रोल्पाका केही क्षेत्रका बासिन्दालाई यस सेवाले सहज यातायात सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

शुभारम्भ कार्यक्रममा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नियमित र यात्रुमैत्री सेवा दिन प्रतिबद्धता जनाउनुभयो। यात्रुहरूले मोबाइल एप प्रयोग गरी घरमै बसेर टिकट बुक गर्न सक्ने सुविधा पनि उपलब्ध गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।