जेनजि आन्दोलनले निम्त्याएको क्षतिप्रति सभापति राणाकाे विज्ञप्ति

प्यूठान, भदौ २८

प्यूठान । भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति नेपाली कांग्रेस प्यूठान (ख) का सभापति सरोज थापा ‘रोज राणा’ ले श्रद्धाञ्जली अर्पण गर्दै, आन्दोलनले मुलुकमा पार्न लागेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।

विज्ञप्ति जारी गर्दै सभापति राणाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले भन्नुभयो, “आन्दोलनको पीडाले हामी सबैलाई गम्भीर बनाएको छ। यो बेला धैर्य र संयम आवश्यक छ।”

रोज राणाले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसले पुर्‍याएको योगदानको स्मरण गर्दै, हाल देखिएका कमीकमजोरीहरूप्रति आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ।
सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतका नेतामाथि भएको आक्रमणको निन्दा गर्दै, उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
पार्टीभित्र देखा परेका असन्तोष र आन्तरिक विवादप्रति युवाहरुको चासो स्वाभाविक रहेको उल्लेख गर्दै, उहाँले नेता–कार्यकर्ताहरूलाई संयमता र अनुशासनको मार्गमा रहन आग्रह गर्नुभएको छ
“कसैको भावना आहत हुने गरी होइन, विधि र मूल्यको आधारमा समस्याको समाधान खोज्नुपर्छ,” उहाँको भनाइ छ। संकटको घडीमा पार्टी एकताबद्ध रहनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।