मल्लरानीका सुजल सुनारलाई जेनजि आन्दोलनमा गोली, स्वास्थ्य सुधार हुँदै

प्यूठान, असाेज ७ –

प्यूठान मल्लरानी गाउँपालिका–४ बुढाचौरका २१ वर्षीय सुजल सुनार गत भदौ २३ गते जेनजि आन्दोलनका क्रममा गोली लागेर घाइते भएका छन्। आन्दोलन हेर्न पुगेका बेला अचानक संसद चबन अगाडि सडकमा चलेको गोली उनको कम्मर हुँदै पेटको भागमा लागेको थियो। तत्कालै स्थानीयको सहयोगमा उपचारका लागि काठमाडौंको केएमसी अस्पताल पुर्‍याइएका सुनारको आपत्कालीन शल्यक्रिया गरेर गोली निकालिएको परिवारले जनाएको छ।
सुनारले संघर्ष मिडियासँग कुरा गर्दै आफ्नो स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको जानकारी दिए। अस्पतालबाट डिस्चार्ज भइसकेका उनी अहिले  उनकाे अबस्था सामान्य सुधार हुँदै गएकाे बताउँछन्। उनका अनुसार आन्दोलन हेर्न मात्रै पुगेको समयमा अप्रत्याशित रूपमा गोली प्रहार हुँदा गम्भीर चोट लागे पनि चिकित्सकको मेहनत र परिवारको सहयोगले नयाँ जीवन पाएका छन्।

    बिस्तृत जानकारी का लागि उनका माेबाईल नम्बर ९७४९७७५०२६.

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।