अर्घाखाँचीमा जीप दुर्घटना : दुई बालबालिकाको मृत्यु, २४ घाइते

 

अर्घाखाँची, असोज १३ – बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये १० वर्षीया अरुणा थापा (मदाने–६, पुर्कोटदह) र १३ वर्षीय नारायण पौडेल (मदाने–७, नेटाखर्क) रहेका छन्।

घटनामा अन्य २४ जना घाइते भएका छन्। घाइतेमध्ये

  • गम्भीर घाइते (बुटवल रिफर): तारा सेन के.सी. (३२), गंगा थापा (३३), संजिता कुवँर (१३), उषा घ.म. (२१)
  • मध्यम घाइते: चालक चेतन कुँवर (४२), उषा पुन मगर (२४), लक्ष्मी कुँवर (३३), सृजना कुँवर (१८), सुरेश कुँवर (१६), जगन्नाथ पौडेल (२४), निशा जि.एम. (१९), सिता वि.सी. (३०), सन्तोष कुँवर (२०), जेनीसा सेन (२२), वविता जि.सी. (२२), अनिल कुँवर (३१), सुशिला कुँवर (२८)
  • सामान्य घाइते: गौरव थापा (१३), आरिया के.सी. (७), अरिस्मा के.सी. (१४), अप्रिस कुँवर (१०), मनिसा थापा (१९), विनोद पराजुली (२३), आर्यन के.सी. (४)

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्र.ना.उ. दिवश बहादुर जिसीको नेतृत्वमा २७ सदस्यीय टोली खटिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार जीपमा २६ जना सवारमध्ये २ जनाको मृत्यु, ४ जना गम्भीर, १३ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।