प्यूठान – काठमाडौं यातायात सेवा सुचारु

 

प्युठान, असोज १९

केही दिनअघि अवरुद्ध भएको नारायणघाट–मुग्लिन हुँदै काठमाडौं जाने सडक आजदेखि पुनः सुचारु भएको छ।

यससँगै रोकिएका प्युठान–काठमाडौं आवागमनका स्वर्गद्वारी गौमुखि यातायात प्रालिका दिवा र रात्रि बस सेवा भोलि असोज २० गते (२०८२/०६/२०) देखि नियमित सञ्चालनमा आउने भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार असोज १८ र १९ गतेका लागि टिकट काटेका यात्रुहरूलाई २० गते बिहान दुईवटा एसी हायसमार्फत काठमाडौं पठाइनेछ।
त्यस्तै, रात्री सेवाका टिकट लिएका यात्रुहरू पनि सोही टिकट नम्बर र बस नम्बर अनुसार यात्रा गर्न सक्ने बताइएको छ।

असोज २० र २१ गते टिकट लिएका यात्रुहरूले २१ गते  सोही सिट र बस नम्बरमा यात्रा गर्न सक्नेछन्। थप जानकारीका लागि ९७०४०२०००२ देखि ९७०४०२००५२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रालि परिवार, प्युठानले सबै यात्रुलाई सुरक्षित यात्राको शुभकामना दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।