नेपाल पत्रकार महासंघकाे स्थापना दिबसमा रक्तदान र प्रभातफेरि

बिमल प्रसाद पाेख्रेल
चैत्र १६ प्युठान
,नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमहरु गरी मनाइदै छ जस अनुसार नेपाल पत्रकार महासंघ प्यूठानको आयोजनामा प्यूठानमा प्रभातफेरि तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको जुम्रीबाट सुरु भएको सञ्चारकर्मीहरुको ्याली बिजुवार मित्रमणी चोक हुँदै प्यूठान जिल्ला अस्पताल गएर कोण सभामा परिणत भएको थियो । कोण सभामा पत्रकार महासंघ प्यूठानका संस्थापक खुम बहादुर थापा ,पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी ,पूर्व अध्यक्ष इमान सिंह भारती तथा जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले सम्बोधन गरेका थिए । कोण सभामा शुभकामना मन्तव्य दिदै वक्ताहरुले सञ्चारकर्मीहरुले दुःखी गरीवको पक्षमा कलम चलाउनु पर्ने ,श्रमजिवी पत्रकारहरुको उचित मुल्यांकन गरी सञ्चारकर्मीहरुलाई पत्रकारीता क्षेत्रमा टिकाई राख्न पत्रकार महासंघले कदम चाल्नु पर्ने ,अप्ठेरोमा परेकालाई सहयोग देखि लिएर लेखनका माध्यमबाट धेरैको ज्यान बचाउन समेत सफल हुने पत्रकारहरु कतिपय अवस्थामा उपचार नपाई आर्थिक अभावका कारण अस्पतालका बेडमा छट्पटाउदै ज्यान गुमाउनु पर्ने सम्मको समस्या हुने गरेकाले नेपाल पत्रकार महासंघले यस्ता सवालहरुलाई गम्भिरतापूर्वक लिनु पर्नेमा जोड दिए । प्यूठान शाखा अध्यक्ष सञ्जय रिजालले पत्रकारहरुको हितका लागि पत्रकार कल्याणकारी कोषलाई व्यवस्थापन गर्न महासंघले योजनाका साथ कार्य अघि बढाएको तथा पत्रकारहरुको हितका लागि हरतवरले कार्य गर्न महासंघ प्रतिवद्ध रहेको बताए । कोण सभाको सञ्चालन पत्रकार महासंघ प्यूठानका सचिव प्रकाश बैद्यले गरेका थिए ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र बिजुवारमा रक्तदान गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।