प्युठानकाे प्रमुख जिल्ला अधिकारीमा सुनिता नेपाल अाउदै।

प्युठानकाे प्रमुख जिल्ला अधिकारीमा सुनिता नेपाल अाउदै।
बिमल प्रसाद पाेख्रेल
चैत१६ प्युठान
गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।
गृह उच्च स्रोतबाट प्रशासन सिंहदरवार विशेष व्यूरोलाई प्राप्त जानकारी अनुशार प्यूठान, अर्घाखाँची, कपिलवस्तु र बर्दियाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।
मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक बन्धुप्रसाद बास्तोलालाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने कपिलवस्तुको जिम्मा सहसचिव धर्मेन्द्र कुमार मिश्रलाई दिइएको छ । बर्दियाका सन्तबहादुर सुनार बास्तोलाको ठाउँमा आएका छन् र कपिलवस्तुका चक्र पाणी पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

यसैगरी प्युठानमा मन्त्रालयको अतिरिक्तमा रहेकी सहसचिव सुनीता नेपाललाई पठाउँदै त्याहाँको उपसचिव खिमराज भुसाललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले अर्घाखाँचीका प्रजिअ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा ल्याउँदै त्याहाँ शशीधर घिमिरेलाई प्रजिअ बनाई पठाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।