लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले लिए शपथ
लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री चौधरीसहित नेकपा माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रीकाे शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाए । तीनै जनाले आज बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।