स्वर्गद्धारी नगरपालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न

जेठ २९
बबिता रिजाल , प्युठान
स्वर्गद्धारी नगरपालिकामा मेलमिलाप सम्बन्धि आठ दिवसिय अर्थात ४८ घण्टे आधारभुत तालिम सम्पन्न भएको छ । स्वर्गद्धारी नगरपालिका न्यायिक समितिको आयोजनामा हाम्रो समस्या , हाम्रै समाधान , मेलमिलाप भन्ने मुल नाराका साथ सोमबार एक कार्यक्रमका विच स्वर्गद्धारी नगरपालिका ३ धर्मशालामा तालिम सम्पन्न भएको स्वर्गद्धारी नगरपालिकाका नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।

८ दिन सम्म सञ्चालन भएको तालिममा स्वर्गद्धारी नगरपालिकाका ९ वटै वडाका २४ जना मेलमिलाप कर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम दिएको पनि प्रवक्ता सुनारले जानकारी दिनुभयो । स्वर्गद्धारी नगरपालिकाका नगर उप प्रमुख मिनराज रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षकको रुपमा तामाकोसी सेवा समिति मन्थली बाट मञ्जु कार्की र गिता सलिवाल हुनुहुन्थ्यो ।

समापन कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत तुल्सीराम गैरे , स्वर्गद्धारी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मेघराज जि सी , वडा नं ३ का वडा अध्यक्ष कृष्ण रोकाय , वडा नं ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति , वडा नं ६ का वडा अध्यक्ष गिर बहादुर गुरुङ , नगर प्रवक्ता सुरज संगम सुनार , लेखा अधिकृत धन बहादुर वली , योजना तथा अनुगमन शाखाका शाखा प्रमुख विष्णु गोराथोकी , जिन्सी शाखाका शोभाराम रोका , महिला तथा बालबालिका शाखाकी शादा प्रमुख निमा डाँगी , न्यायिक समितिका सदस्यहरु स्मृति कुमारी महरा पुन र अमनिका सुनारको उपस्थिति रहेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।