अर्घाखाँचीमा जिप दुर्घटना एककाे मृत्युु
फागुन २१
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका मा सवारी जिप दुर्घटना मा परेको छ।
बुटवल बाट मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु.१ ज.४२२६ नंम्बरको सवारी जिप आज बिहान करिब ११:५३ बजेको समयमा सोहि वडाको कुभिन्डे मा दुर्घटनामा परेको हो।
दुर्घटना हुने जिप सडक खण्ड देखी करिव ४०० मिटर तल खसेको प्रहरी स्रोत ले जनाएको छ। जिप दुर्घटनामा मालारानी गाउँपालिका वडा नम्बर २ निवासी ५० बर्षिय जिप चालक कृष्ण लाल मरासिनी घटनास्थल मै मृ’त्यु भएको जानकारी आएको छ।