कुम्भमेलाबाट हराएकी पौडेलको खोजी गरिदिन परिवारको आग्रह

स्मृती घर्ती मगर प्युठान, भारतको उत्तराखण्डमा लागिरहेको कुम्भमेला अवलोकनको क्रममा हराएकी प्युठान नगरपालिका-३ कि गोपी पौडेलको खोजी गरिदिन परिवारले आग्रह गरेका छन।

फाल्गुन १० गते दिउसो १ बजे मेलाबाट हराएकी पौडेल प्युठान नगारपालिका-४ जुमृमा बस्दै आएकी थिइन् । ५३ बर्षिय गोपी पौडेल कुम्भमेला अवलोकनको लागि श्रीमान बिष्णु पौडेल र अन्य आफन्तजनसङ्ग प्रयागराज पुगेका थिए।

पौडेलको खोजीकार्यका लागि सबैले आ-आफ्नो ठाउँबाट पहल गरिदिन प्युठान नगरपालिका-३ नं वार्ड कार्यलयले सुचना समेत जारी गरेको छ।

भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेला ६ सातासम्म चल्ने गर्दछ। मेलामा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।