फलफुल तथा तरकारी ब्यवसायि संघ प्यूठानको आठाै साधारण सभा सम्पन्न

फागुन १०

प्यूठान । फलफुल तथा तरकारी ब्यवसायि संघ प्यूठानको आठाै साधारण सभा संघका अध्यक्ष पदम थापाकाे अध्यक्षता र जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसिकाे प्रमुख आतिथ्यतामा आज हाेटल ब्यवसायि संघ तथा प्रयटन सुचना केन्द्रकाे सभाहल जुम्रिमा सम्पन्न भएकाे छ।
साधारणसभाकाे उद्घाटन गर्दै प्रमुख अतिथि जिसिले जिल्लामा फलफूल तथा तरकारी ब्यवसायिहरुले स्थानिय उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भएकाे छ साथै उहाले जिल्लामा तरकारी फलफुल उत्पादन गर्ने कृर्षकहरुलाई सम्मान गरेकाेमा संघलाई धन्यवाद ज्ञापन गर्नु भएकाे छ।
साधारणसभाका बिशिस्ट अतिथि नेपाल फलफूल तथा तरकारी ब्यवसायि महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष बावुराम भुसालले प्यूठान जिल्लामा रहेका ब्यवसायिहरुले स्थानीय कृर्षकहरुकाे उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकार संग समन्वय गरि प्रत्येक स्थानीय तहका बजारमा संकलन केन्द्र संचालनमा ल्याउन अनुराेध गर्नु भएकाे छ।
साथै फलफूल तथा तरकारी ब्यवसाय निकै जाेखिम र दुखकाे ब्यवसाय रहेकाे उहाले बताउनु भयाे,उपभोक्ताकाे चाप अनुसारको माग स्थानीय स्तरमै उत्पादन हुन नसकेकोमा बाहिरबाट आयत गर्नु पर्ने बाध्यता रहेकाे बताउनु भयाे।
संघका प्रदेश अध्यक्ष अमित भट्टराईले प्यूठानकाे आलुलाई ब्रान्ड बनाई प्रचारप्रसार गर्नु पर्ने बताउनु भयाे प्यूठान आलु उत्पादनका लागि निकै सुहाउदाे हावापानि भएकाले आलु उत्पादनमा स्थानीय सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भयाे।
साधारणसभाकाे अबसरमा जिल्लामा किबि खेति उत्पादन गर्ने गाैमुखिका कृर्षक नरेन्द्र मल्ल र टमाटर उत्पादन गर्ने प्यूठान गुरुङगाउका कृर्षकलाई नगद पुरस्कार सहित खादा र सम्मान पत्रले सम्मान गरीएकाे थियाे संघकाे बार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरी सभाबाट अनुमाेदन गरिएको थियाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।