प्यूठानमा मेराे बिधालय मेराे दायित्व अभियानकाे सुभारम्भ

फागुन ९

प्यूठान।मल्लरानि गाउपालिका वडा नम्बर चारमा रहेकाे महेन्द्र माध्यमिक बिधालयबाट मेराे बिधालय मेराे दायित्व अभियानको सुभारम्भ आफुले अध्ययन गरेकाे बिधालयबाट कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठले गर्नु भएकाे छ।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य लिएर प्रदेशभर एकै दिन सुभारम्भ गरेकाे कार्यक्रमले प्यूठान जिल्लामा रहेका सामुदायिक बिधालयहरुकाे शैक्षिक गुणस्तर बृद्वि गर्ने ,बिद्यार्थीकाे चेतनामा बिकास गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी बनाउने,आफुले शैक्षिक जग बसालेकाे शिक्षाक्षेत्र प्रति पुर्व बिद्यार्थीकाे चासाे चिन्तन बढ्ने,र शैक्षिक गतिविधि आधुनिक तवरले अगाडि बढ्ने अभियानकाे उदेश्य रहेकाे श्रेष्ठले बताउनु भयाे।
प्यूठानमा गत वर्ष एसईईको नतिजा निकै कमजोर रहेको थियाे यस बर्ष देखि सुधारका लागि प्रदेश सरकारले थालेकाे यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको र आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच निरन्तर अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने श्रेष्ठले बताउनु भयाे।


सांसद श्रेष्ठले प्यूठान सदरमुकाम खलंगामा रहेकाे महेन्द्र मा बि बाट सुभारम्भ गरिएको मेराे बिधालय मेराे दायित्व अभियान जिल्लाभर रहेका सामुदायिक बिधालयहरुमा संचालन गरिने हुदा आजैदेखि शैक्षिक सुधारका लागि हातेमालो गर्न सम्पूर्ण सराेकारबालाहरुमा अनुराेध गर्नु भएकाे छ।
सुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि सि,मल्लरानि गाउपालिका अध्यक्ष कृष्ण खड्का,उपाध्यक्ष रमेस श्रेष्ठ लगाएतले प्रदेश सरकारले थालेकाे अभियान स्वागतयोग्य रहेकाे भन्दै शुभकामना दिनुभएकाे थियाे।


कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका बरिष्ठ शिक्षा अधिकृत बेगम केशिले शिक्षाक्षेत्रमा भाैतिक एवम चेतनाको बिकास गर्न पुर्व बिद्यार्थीहरुले शैक्षिक ,सामाजिक ,आर्थिक ,भाैतिक,मानवीय पक्षमा सहयोग एवम सहजीकरण गर्न सक्ने बताउनु भयाे।
सुभारम्भ कार्यक्रमका अध्यक्ष बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा मल्लरानि गाउपालिका वडा नम्बर चारका वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा आजै २०५६ सालमा एस एल सि उतिर्ण गरेका पुर्व बिद्यार्थीले १ लाख दुई हजार छपन्न रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।