नेपाल पत्रकार महासंघ प्युठानकाे सदस्यीयता शुद्धीकरण बैठक सम्पन्न

बिमल प्रसाद पाेख्रेल

जेष्ठ ३१ प्युठान

नेपाल पत्रकार महासंघ प्युठानले सदस्यता शुद्विकरण अभियान तिब्र गतिमा अगाडि बढाएकाे छ।सहासंघमा आबद्व साधारण सदस्य १४३ जना मध्यबाट ८१ जनाले नबिकरण गर्ने र ६२ जनाकाे नबिकरण नगरिने सर्बसम्बत निर्णय गरेकाे छ।सहासंघकाे बार्हाै बैठक अध्यक्ष संजय रिजालको अध्यक्षतामा जेष्ठ ३० र ३१गते सुचना केन्द्र काे सभाहल बिजुवारमा बसि निर्णय गरेकाे हाे।
बैठकले साधारण सदस्य स्वाघाेषणा परित्याग गर्नेलाई आगमि साधारण सभामा सम्मान गरिने भएकाे छ ।सस्थाका पुर्ब अध्यक्ष ईमानसिङ भारति र महाबिर रानाले संथामा पुराएकाे याेगदानकाे उच्च सम्मान गर्दै संथाकाे मानार्थ सदस्यता पर्दान का लागि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेस र केन्द्रिय समितिमा सिफारिस गर्ने निर्णय गरेकाे छ।नबिकरण गरिने पत्रकारहरुले सदस्य प्राप्तिका लागि एक हप्ताभित्र प्रमाण खुल्ने सम्पुर्ण कागजात सहित महासंघमा पेश गर्नुपर्नेछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।