नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण 

सडक दुर्घटना राेक्न नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण 
बिमल प्रसाद पाेख्रेल
जेष्ठ ३१ प्युठान
प्युठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने हिन्दु धर्मावलम्बी हरुले पटक पटक भएकाे सडक दुर्घटनामा अकालमै ज्यान गुमाएका छन।
जेष्ठ २९ गते स्वर्गद्वारी दर्शन गरी फ्रकने  कार दुर्घटनामा परी  आठ जनाकाे घटना स्थलमै मृत्यु भएकाेले आम जिल्ला बासिलाई दुखि एवम चिन्तित बनाएकाे छ। २०७५ देखि अहिलेसम्म ३० जनाले ज्यान गुमाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएकाे छ। यसरी दुर्घटना एक पछि अर्काे भईरहदा आम नागरिकमा यात्रा गर्दा नकारात्मक असर पर्ने भएकाेले सडक सुधार एवम स्तरउन्नतिमा जिल्ला प्रशासनले नेतृत्व लिने र गतिविधिलाई प्रभाबकारी बनाई घटनालाई न्युनिकरण गर्न ५ बुदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएकाे छ।
नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टकाे हस्ताक्षर रहेकाे ध्यानाकर्षण पत्रमा बर्षैपक्षे कराैडाै रकम सडक विभिन्न कार्यलयमार्फत हुदा प्रभाबकारी कार्यनयन नगर्दा सडक सुधार हुन नसकेकाेमा यसलाई प्रभाबकारी बनाउनु पर्ने।
सडक ऊकालाे ओरालाे,सागुराे र धेरै घुम्तीहरु भएकाेले प्रशासनले सडक संबधि सुचना सम्पेषण,यातायातका साधनहरुकाे गति एवम क्षमता चेकजाच,ट्राफिक मार्फत गरिनु पर्ने।साघुराे र छागाभएकाे ठाउमा रेलिङ बाल लगाउन सडककाे बिच बिचमा पार्किङ एवम रिफ्रेस सेन्टर राख्नुपर्ने समेत ध्यानाकर्षण गराईएकाे छ।साथै जिल्लामा आईरहेका सार्वजनिक सबारी ,यातायातका साधनहरुकाे जनगुनासाे समेत सुनुवाइ गरी कार्यनयन गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरीएकाे छ।
लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा,  एमाले प्रदेश कमिटी सदस्य मधुर शर्मा, जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट, सचिब माधब शर्मा, सचिवालय सदस्य पशुपति नारायण नकर्मी, रामचन्द्र केसि लगायतकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मदन काेईरालालाई ध्यानाकर्षण पत्र बुझाईएकाे हाे।पत्र बुझ्दै अधिकारीले   अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम शुरु गर्ने बताउनु भयो । यो सडकलाई सघिय सरकार मातहत लैजान सिफारिस भएको समेत उहाले जानकारी गराउनुभयो । हाल उक्त सडक प्रदेश मातहत रहेकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।