जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा
कपिलवस्तु, अषाढ ६
डा. सिक राउत नेतृत्वको जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको बताइएको छ ।
सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुपाल्चोक, कन्चनपुर, मकवानपुर र सिन्धुलीमा इन्चार्ज तोकिएको जनमतका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । केही जिल्लामा सहइन्चार्ज समेत तोकिएको छ ।
सुनसरीमा रामचन्द्र मेहता, नवलपरासीमा कृष्णकांत चौधरी, रुपन्देहीमा अर्जुनप्रसाद जयसवाल, कपिलवस्तुमा मनोज ओझा, सिन्धुपाल्चोकमा मंगलसिंह तामाङ, कन्चनपुरमा दिलकुमार चौधरी, मकवानपुरमा राधारमन सुवेदी र सिन्धुलीमा कौशल देवकोटालाई जिल्ला इन्चार्ज तोकिएको छ ।
नवलपरासीमा गीता पाण्डे, सिन्धुपाल्चोकमा लालबहादुर तामाङ, कन्चनपुरमा नरसिंह बडाल र मकवानपुरमा कोपिला नेपालीलाई सहइन्चार्ज तोकिएको जनमतले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।