गाेरखामा गाडि दुर्घटना पाचकाे मृत्यु बाह्रजना घाईते

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । अहिले शव सङ्कलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।

यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रेफर गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।