झिमरुक छ का पुर्व जनप्रतिनिधि सम्मानित

झिमरुकले पुर्व जनप्रतिनिधिलाई सम्मान

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

झिमरुक गाउँपालिका वडा नम्बर ६ ले पुर्व जनप्रतिनिधि तथा वडा अध्यक्ष निमान सिंह जिसी, वडा सदस्य तथा जिल्ला समन्वय समिती प्युठानका पुर्व सदस्य दिलिप कुमार बिश्वकर्मा र वडा सदस्य झुपी देबी नेपालीलाई सम्मान पत्र दोसल्ला र करुवा प्रदान गरेर सम्मान गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।

सम्मान ग्रहण गर्दै पुर्व जिल्ला समन्वय समिती प्युठानका सदस्य दिलिप कुमार बिश्वकर्माले राम्रो कामको सुरुवात भएकोले पुराना जनप्रतिनिधिलाई पनि सुझाव लिएर काम गर्दा बिकासमा धेरै अर्थ राख्ने बताए । वडाको बिकासमा आग्रह पुर्वाग्रह होइन मिलेर काम गर्दा सहजता हुने उनको तर्क थियो ।
त्यस्तै कार्यक्रमको अध्यक्ष समेत रहेका वडा अध्यक्ष धन बहादुर पुनले सबैको सल्लाह सुझाव अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । सबैको सहकार्य बिना हामिले चाहेको ‘जस्तो बिकास र समृद्धि सम्भव नहुने भन्दै उनले भने, मिल्नुको विकल्प छैन ।’ आम जनताको भावन र पुर्व जनप्रतिनिधि कर्मचारी सबैको सल्लाह र सुझाव लिएर काम गर्ने बताए ।
सम्मान कार्यक्रममा सबै जनप्रतिनिधि वडा सचीव कर्मचारी लगाएको उपस्थिति रहेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।