झिमरुक गाउँपालिका अध्यक्ष एमसी र निवर्तमान अध्यक्ष जिसीबीच भेटबार्ता।

भेटमा गाउँपालिकाको समग्र बिकासमा दुबैको चिन्ता

झिमरुक गाउँपालिका अध्यक्ष एमसी र निवर्तमान अध्यक्ष जिसीबीच भेटबार्ता।
भेटमा गाउँपालिकाको समग्र बिकासमा दुबैको चिन्ता

प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी बिच गाउँपालिकामा भेटघाट भएको छ।

आइतबार भेटघाटका क्रममा वर्तमान र निवर्तमान अध्यक्ष बिच पालिकामा भैरहेको पछिल्लो घटनाक्रम र आर्थिक वर्ष शुरु भैरहेको बेला झिमरुकको दिगो बिकास समृद्धिका सवालमा कुराकानी भएको बताइएको छ ।

झिमरुकका गौरवका आयोजनाहरु लाई निरन्तरता संगै कसरी सम्पन्न गर्ने र पालिकाको समग्र बिकासको बिषयमा गम्भीर भएर छलफल भएको हो ।
खास गरि मदन भण्डारी राजमार्ग दायाँबायाँ पर्ने भौतिक संरचना र अन्य सहायक सडकको स्तरोन्नति लगाएको शिक्षा स्वास्थ्य,कृषीको बिषयमा साझा धारणा बनाएर जानुपर्ने भेटमा कुराकानी भएको छ । आग्रह पुर्वाग्रह त्यागेर प्रत्येक जनतालाई लाभ हुने काम गर्नुपर्नेमा जोड थियो ।

झिमरुक गाउँ पालिका भित्र एउटा राम्रो बहुउद्देश्यीय सभाहल आवस्यक रहेको निवर्तमान पालिका अध्यक्ष तिलक बहादुर जिसीले बताए । मच्छिमा पायक पर्ने स्थानमा सबैको प्रयोजनलाई मध्यनजर गर्दै जग्गा प्रप्तीको पहल थालेर वा अहिलेको सेवाकेन्द्रको जग्गामा ब्यवस्थित खालको सभाहल निर्माणको लागि प्रक्रिया अगाडि बढाउन आवश्यकता देखिएकोले तदारुकता देखाउन निवर्तमान अध्यक्ष जिसीले बर्तमान अध्यक्ष एमसीलाई सुझाव दिएका छन् । उनले छलफलकै क्रममा झिमरुकमा एउटा बृहत खालको लाइब्रेरी निर्माणको थालनि गरि छिट्टै काम थाल्न सुझाव दिए ।

झिमरुककाको समग्र समृद्धिको लागि एक अर्काबिच अनुभव आदानप्रदानले सकारात्मक सन्देश दिने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । झिमरुकको बिकासमा सबैको रचनात्मक सहयोगले मात्र सम्भव हुने भएकोले तपाईंको सहयोगले अझ बढी महत्त्व रहेको अध्यक्ष महतरा क्षेत्रीले बताए ।

अहिले झिमरुकमा जुन गतिविधि भैरहेको छ यो राम्रो भएन निवर्तमान अध्यक्ष तिलक बहादुर जिसीले भने,” जनप्रतिनिधिमा समन्वय अभाव देख्छु।” झिमरुक राम्रो,नराम्रो जे भएपनि जस अपजस हामी सबैलाई जाने हो काम मिलेर गर्नुको विकल्प छैन उनले भने । नीति निर्माण तहमा बसेर नीति निर्माण स्थानमा बसेर काम गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले जस्तोसुकै गर्न छुट हुँदैन त्यसैले गम्भीर हुन आग्रह गर्नुभयो ।

जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो उनले भने, ” जनताका मुख्य आधारभुत कुराको सम्बोधन गर्नुपर्ने बताए।
कर्मचारीलाई काम गर्ने बाताबरण बनाइदिने र हामिले बाहिरबाट नियमन र गाउँ सभा र कार्यपालिकाको बैठकले घनिभुत छलफल मन्थन गरि आवश्यक नीति नियम बनाइदिने हो। कर्मचारीलाई कार्यान्वयन गर्न सघाउने हाम्रो दायित्व भएकोले सोही अनुसार एकताबद्ध भएर काम गर्न आग्रह गरे। ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।