जाल्पा सामुदायिक लघुवित्त द्वारा फलफूलका बिरुवा वितरण

बबिता रिजाल

भदौ १२ , प्युठान

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिंगृ प्युठानले आफ्ना सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ ।

संस्थाकाे बार्षिक कार्यक्रम अुसार आज मंगलबार स्वर्गद्वारी नगरपालिका वडा नं ४ गाेठिवाङमा एक कार्यक्रमका विच फलफूलका बिरुवा वितरण गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिंगृका उद्यम विकास संयाेजक घनश्याम भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आँप , कागति र लिचिका ४०० वटा बिरुवा प्रति सदस्य २ वटा बिरुवा गरि २०० जनालाई वितरण गरिएको हाे ।

आफ्ना सदस्यहरूलाई उत्पादनमा प्राेत्साहन गरि आत्मनिर्भर बनाई सदस्यहरूकाे जिविकाेपार्जनमा सहजता ल्याउन फलफूलका विरुवाहरु वितरण गरिएको पनि उद्यम विकास संयाेजक घनश्याम भुषालले बताउनु भयाे ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिंगृकाे केन्द्र नं ५ गाेठिवाङकि प्रमुख विष्णुमाया विष्ट क्षेत्रीकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुमन कुमार श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिको रुपमा भिंगृ शाखाका शाखा प्रवन्धक अनिल केसी पनि उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमकाे सञ्चालन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिंगृका उद्यम विकास संयाेजक घनश्याम भुषालले गर्नुभएको थियोे

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।