प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न ।।

प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न ।
प्यूठान झिमरुक गाउपालिका २ थापचौर बादीकोट निवासी हुकुम बहादुर महतराको सडक दुर्घटनामा परी कतारमा मृत्यु भएको थियो।
प्यूठान सेवा समाज कतारका सक्रिय सदस्य रहेका महतराकाे मृत्यु भएकाे १२औ दिनकाे पुण्य तिथिको अवसर पारेर    प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न गरीएकाे छ। मृतक महताराकाे दिवगन्त आत्माको चिर शान्तिको कामना गर्दै प्यूठानीहरुले श्रद्धाञ्जलि तथा शोक कार्यक्रम सम्पन्न गरेका छन।

सस्थांका अध्यक्ष  केशर बहादुर के सी काे अध्यक्षता र भिम बहादुर रसाईलीको सन्चालकबाट शुरु भएको श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि बलदेव राना , सस्थांका बरिस्ठ उपाध्यक्ष समुन्द्र खड्का ,संस्थाका सकृय सदस्य  टकं प्रसाद पोख्रेल  ,उपाध्यक्ष दिपेन्द्र थापा ,बरिस्ठ सल्लाह कमल आचार्य लगाएतले महतराकाे फाेटामा माल्याअर्पण गरि शाेक मन्तब्य राख्दै महातारा को निधनले आफूहरु मर्माहत र स्तब्ध भएको बताउदै महातारा प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गरि महातारा परिवार प्रती  गहिरो समबेदना प्रकट गरेकाे संथाका अध्यक्ष केशर बहादुर के शिले संघर्ष मिडियालाई जानकारी दिए।


मृतक का भाइ बिक्रम एम सी ले प्रदेश मा आफ्नो दाजु गुमाउदा को पीडा सुनाउदै  पारिवारिक पृष्ठभूमिमा दाईकाे याेगदान ठुलाे रहेकाेले कहिल्यै कसैले बिर्सिन नसक्ने  दाईले चालेका कदमबारे बताए।
साथै अध्यक्ष  के सी ले महतारा प्रती हार्दिक श्रद्धाञ्जली  अर्पण गर्दै उनले प्युठान  सेवा समाज  प्रती पुराएको योग्दान  प्रती सधै  सम्झिरहने  बताउदै आफुले नजिकैकाे साथि शालीन ब्याक्ती गुमाउदा निकै दुखित भएकाे र महतरा संग बिताएका दिनहरु अब अबिश्मरणिय  हुने सुनाए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।