एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न

निर्मला मगर

असाेज १२ प्युठान।
प्युठान । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न भएको छ । प्युठान क्याम्पस खलंगाको सभाहलमा साधारणसभा गरिएको हो ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष पार्वता आचार्यले मानवअधिकारको अभियानलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताउनुभयो । मानब अधिकार शिक्षालाई एम्नेस्टीले अभियानकै रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो


प्युठानमा २०५६ सालमा एमनेस्टी स्थापना भएको हो । हाल समुहमा ५२ जना सदस्य आवद्ध रहेको समुहका संयोजक कल्पना खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत सह-संयोजक शिवराज श्रेष्ठ र संचालन सचिब सुजल श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।