सरकारी साधनकाे दुरुपयोग बारे तरुणदलकाे ध्यानाकर्षण

नेपाल तरुण दल प्यूठानले सरकारी कार्यालयहरूको स्वामित्वमा भएका सरकारी सवारी साधनहरूको नम्बर प्लेटलाई रातोमा परिणत गरी चलाइ दुरुपयोग नगर्न चेतावनी दिएको छ ।

शुक्रबार तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बसेल ‘रोयल कृष्ण’ले विज्ञप्ति जारी गरेर सरकारी सवारी साधनको नम्बर प्लेट परिवर्तन गरेर रातो नबनाउन सचेत गराएका छन् । उनले सार्वजनिक विदाको दिनमा कार्यालयको काम बाहेक अन्य प्रयोजनमा सरकारी गाडीको चरम दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

चाढपर्वको समयमा आफन्त ओसारपसार गरेको विभिन्न सभा, गोष्ठि, भोजभतेरमा जाँदा सरकारी साधनको दुरुपयोग गरेको आम गुनासो रहेको भन्दै अध्यक्ष बसेलले सरकारी सवारी साधनको दुरुपयोग रोक्न जनप्रतिनिधि र कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

‘विदाको समयमा अत्यावस्यक काममा निस्कनु परेमा साधन प्रयोग गर्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बरसहितको कार्यालय पास हुनुपर्नेछ’, अध्यक्ष बसेलले भनेका छन् ।

‘अन्यथा वा उक्त पास नभएको खण्डमा नेपाल तरुण दलले नियन्त्रण गरी प्रशासनलाई जिम्मा लगाउनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘अटेर गरेमा र प्रशासनले गम्भीर ध्यान नदिएमा हुन सक्ने क्षतिप्रति सम्बन्धित निकासहित प्रशासनले जिम्मा लिनुपर्नेछ ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।