पिडितले न्याय नपाउदा दाङ्ग जिल्ला आईतवार बन्दकाे घाेषणा

दाङ । टिप्पर ठक्करबाट मृत्यू भयका मृतकका परिवारले भाेलि दांग बन्दकाे घाेषणा गरेकाे छ । शुक्रबार राति घाेराहि उप-महानगरपालिका १० झारबैरामा भयकाे दुर्घटनामा ज्यान गुमायका मृतकका परिवारले उचित क्षतिपुर्तिकाे ब्यवस्था नभयसम्म शब अस्पतालबाट नउठाउने र भाेलि दांग बन्दकाे आब्हान गरियकाे संघर्ष समितिका संयाेजक प्रमाेद पाेख्रेलले बताउनु भयाे । मृतकका परिवारका लागी उचित क्ष्यतीपुर्तीकाे ब्यवस्था नभयसम्म आन्दाेलनका कार्यक्रमकाे घाेषणा गरियकाे संयाेजक पाेख्रेलले सुनाउनु भयाे ।
दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हाे।
तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट जाँदै गरेकाे रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियाे ।
मृतककाे शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखियकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।