जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

प्युठानको ऐरावती गाउपालिका -२, बरौलामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु३च ६८४७ नंवरको जीप आज बिहिबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षिय दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो। उहाका अनुसार नाच्दै गाउँदै हिडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर जीप अनियन्त्रीत बन्न पुगेको हो। दुर्घटनामा ५ जना घाईते भएको र उनिहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अबस्थामा उपचार भईरहेको प्रहरीले जनाएको हो।
प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।